
मेष : अनावश्यक काममा समय नबिताउँदा उचित होला । पुस्तक पढेमा दिनभर मन शान्त रहनेछ ।
वृष : यो राशि हुनेहरूले आज हनुमानको दर्शन गर्नु उत्तम हुनेछ । सजिलै अरूको विश्वास नगर्नुहोला ।
मिथुन : सहयोगी हातहरू अघि बढ्नेछन् । यात्रासँगै दाम्पत्य सुखमा रमाउने समय छ।
कर्कट : नयाँ ठाउँबाट रोजगारीको प्रस्ताव आउनेछ । घरपरिवारका सदस्यबाट सहयोग पाइनेछ।
सिंह : सेयर कारोबारबाट राम्रो फाइदा हुने दिन छ । साँझमा नजिकैका मित्रसँग भेटघाट हुनेछ ।
कन्या : दैनिक कार्यमा प्रगति हुनेछ । लामो समयदेखि रोकिएको कामले गति लिनेछ ।
तुला : मानप्रतिष्ठामा वृद्धि हुनेछ । नसोचेको उपहार प्राप्त गर्दा मनमा उत्साह छाउनेछ । ्
वृश्चिक : नयाँ कामको सुरुवात गर्दा जोस, जाँगर र उमङ्ग बढ्नेछ । छुट्टिएकाहरुसँग पुनर्मिलनको योग छ ।
धनु : स्वास्थ्यप्रति सजगता अपनाउनुपर्ने दिन रहेको छ । साँझमा नजिकै घुमघाममा निस्कने योजना बन्ला ।
मकर : बौद्धिक व्यक्तित्वसँगकाे सहकार्यले नयाँ अनुभव मिल्नेछ । टाढिएका मित्रसँग भेटघाट हुनेछ ।
कुम्भ : राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफन्तजनबाट विशेष सहयोग मिल्नेछ ।
मीन : शुभकार्यको चर्चा चल्नेछ । व्यावसायिक काममा राम्रै फाइदा हुने दिन छ ।