सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति भिडियो

जोरपाटी-सुन्दरीजल सडकका पुल साँघुरा हुँदा समस्या भयो : सांसद् चालिसे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २९ फागुन, २०८१ मा प्रकाशित
जोरपाटी-सुन्दरीजल सडकका पुल साँघुरा हुँदा समस्या भयो : सांसद् चालिसे
काठमाडौं, फागुन २९ :

नेपाली कांग्रेसका सांसद् सन्तोष चालिसले जोरपाटी-सुन्दरीजल सडक खण्डमा पर्ने पुलको दूरावस्थाबारे सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद् चालिसले विशेषगरी त्यस सडकमा भएका जीर्ण र साँघुरा पुलका बारेमा ध्यानाकर्षण गराएका हुन् ।

छिमेकी जिल्ला सिन्धुपाल्चोक र नुवाकोट पनि जान सकिने यस सडकमा हाल भएका १४/१४ फिटका चारवटा पुलको पुर्ननिर्माणका पटक-पटक अर्थ मन्त्रालय धाउँदा पनि पर्याप्त बजेट निकासा नभएको गुनासो पोखे ।

काठमाडौं क्षेत्र नम्बर ३ का सांसद चालिसेले डीपीआरको काम थालनी गर्न भन्दै एउटा पुललाई पाँच लाखको दरले निकासा भए पनि त्यसपछि थप बजेट नपरेपछि काम अलपत्र अवस्थामा रहेको बताए ।

‘गत साल बजेट माग गरियो । बजेट पाँच-पाँच लाख परे छ, चारैवटा पुललाई । यो के हो भनेर सोधनी हुँदा, डीपीआरका लागि भन्ने भयो,’  उनले भने, ‘डीपीआर बनाएर तीन महिनादेखि यसमा लाग्दालाग्दा बल्ल अर्थ मन्त्रालय पुग्यो । अहिले आएर बजेट सुनिश्चितता छैन भन्ने जवाफ आयो ।’

धार्मिक क्षेत्र पनि भएको हुँदा यहाँ सधैंजसो भिड हुने गरेको र त्यसमा पनि साँघुरा पुलले गर्दा अफिस, स्कुल जानेहरु घण्टौं जाममा बस्नुपर्ने बाध्यता भएको पनि सांसद चालिसेले बताए । यसप्रति सम्बन्धित निकायले ध्यान दियोस् भन्दै चाँडोभन्दा चाँडो पुल बन्नुपर्नेमा उनको जोड थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार