काठमाडौँ, फागुन ३० :

 

मेष : आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । कार्यक्षेत्रमा रमाइलोका लागि भ्रमणको तय हुनेछ ।

वृष :  समाजसेवामा समय दिदा प्रशंसा पाइनेछ । आफन्तको सुझाबमा सुधारात्मक काम गर्न सहयोग मिल्नेछ ।

मिथुन : सानो प्रयत्नले राम्रो काममा फाइदा लिन सकिनेछ। माया प्रेममा सामीप्यता बढेर जानेछ ।

कर्कट : छिमेकीसँगको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने योग रहेको छ ।  

सिंह : आफन्तसँग बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । 

कन्या : क्षमता प्रदर्शन गरेर नाम तथा दाम दुबै कमाउन सकिएला । वैदेशिक यात्राको योग रहेको छ । 

तुला : भौतिक सम्पत्ति जोड्नुका साथै उपहार प्राप्त हुने दिन छ । अग्रजको सल्लाह मानेर अगाडि बढ्दा उचित हुनेछ । 

वृश्चिक : साथीभाइको सहयोगमा आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् । 

धनु : धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ । पुराना काम सफलतापूर्वक सम्पन्न हुने हुनाले मन प्रसन्न हुनेछ ।  

मकर : व्यवसायको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । साथीभाइसँग रमाइलो गर्दै समय व्यतीत हुनेछ । 

कुम्भ : कृषि व्यवसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ति तथा विलासी वस्तुहरू जोड्न सकिनेछ ।  

मीन : आफन्त तथा शुभचिन्तकसँगकाे भेटले उत्साह जगाउनेछ । प्रतिस्पर्धामा अगाडि बढ्न सकिनेछ ।