काठमाडौँ, फागुन ३० :

होलीलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चेकजाँचमा कडाइ गरेको छ ।

प्रहरीले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागू गरेको जनाएको छ ।

आज बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा चेकजाँच जारी राखिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सडक, चोक तथा साँघुरा गल्लीहरुमा बाक्लो मात्रामा ट्राफिक र स्थानीय प्रहरी खटिएका छन् ।

सवारीसाधन चलाउनेहरूले मादक पदार्थ सेवन गरेको भेटिए मुद्दा चलाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता संजय बहादुर राउतले जानकारी दिए । 

त्यस्तै, अवाञ्छित गतिविधिबारे निगरानीका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ ।