काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा आज रङहरुको पर्व फागुपूर्णिमा (होली) को उत्सव सुरु भएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक रङ खेलेर रमाउँदै छन् ।
वसन्तपुरमा प्रत्येक वर्ष सामूहिक रूपमा होली खेल्ने गरिन्छ । यतिबेला वसन्तपुर क्षेत्रमा पुगेका स्वदेशी तथा विदेशीहरू एकापसमा रङ, अबिर दलेर रमाइलोसँगै नाचगान गरिरहेका छन् । यो क्रम आज बेलुकासम्मै रहने गर्दछ ।
होलीको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले चीनबाट आएका फोटोग्राफरको टोलीलाई स्वागत गर्दै बसन्तपुर डबलीमा सामूहिक तस्बिरसमेत खिचाएका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।