आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण #विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण
समाचार शिक्षा

चैत ७ देखि एसईई, ५ लाख विद्यार्थी सहभागी हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३० फागुन, २०८१ मा प्रकाशित
चैत ७ देखि एसईई, ५ लाख विद्यार्थी सहभागी हुने
काठमाडाैं, फागुन ३० :

राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आगामी ७ चैतबाट सुरु हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित केन्द्रहरूमा पठाइसकिएको र केही स्थानमा पुर्‍याउने प्रक्रिया जारी रहेको जनाइएको छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार सबै तयारी पूरा भइसकेको छ । सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रहरूमा पुगिसकेको उनले बताए । यस वर्ष परीक्षा सञ्चालनका लागि २ हजार ७९ परीक्षा केन्द्र तोकिएका छन् ।

पछिल्लो तथ्यांकअनुसार यस वर्ष ५ लाख ८ हजार ३९० विद्यार्थी एसईईमा सहभागी हुँदै छन् । परीक्षाका लागि ५ लाख २२ हजार विद्यार्थीले फाराम भरेका थिए । परीक्षा केन्द्रहरूको सुरक्षाको जिम्मेवारी सम्बन्धित जिल्लाका सुरक्षा निकायले लिनेछन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार