
फाइल फोटो ।
काठमाडाैं, फागुन ३० :
होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौँका विभिन्न स्थानबाट २३ जना पक्राउ परेका छन्। बिहीबार होली मनाउने क्रममा अभद्र व्यवहार देखाएको आरोपमा २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
यस्तै ट्राफिक नियम उल्लंघन गरेको आरोपमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरी १५३ सवारी नियन्त्रणमा लिएको छ। नियन्त्रणमा भएका सवारी साधन मध्ये केहीलाई जरिवाना र केहीलाई सचेत गराउँदै छोडिएको बताइएको छ ।
ट्राफिक प्रहरीले काठमाडौँका विभिन्न चोकमा कडाइका साथ जाँच गरिरहेको छ। होलीका क्रममा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न ट्राफिक प्रहरीले काठमाडौँका मुख्य चोकहरूमा निगरानी बढाएको छ।