काठमाडौँ, चैत १ :

फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट आज तराईका जिल्लाहरुमा हर्षोल्लासका साथ फागु अर्थात् होली पर्व मनाइँदै छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । मिथिला क्षेत्रमा होलीलाई अझ उल्लासमय रुपमा मनाउने प्रचलन छ ।

हिमाली एवं पहाडी जिल्लामा भने हिजो (बिहीबार) फागुन शुक्ल पूर्णिमाका दिनमा धुमधामका साथ होली पर्व मनाइएको छ । 

फागु पर्वका उपलक्ष्यमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ ।