बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो #यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो
विदेश

युक्रेन युद्धविरामको लागि रुसी राष्ट्रपति पुटिन तयार, राखे यस्ता सर्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १ चैत, २०८१ मा प्रकाशित
युक्रेन युद्धविरामको लागि रुसी राष्ट्रपति पुटिन तयार, राखे यस्ता सर्त
चैत १ :

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको लागि आफू तयार रहेको बताएका छन् । तर यसका लागि पुटिनले केही कडा सर्तहरू राखेका छन्।

राष्ट्रपति पुटिनले विवादको एउटा क्षेत्र कुर्स्क जहाँ युक्रेनले गत वर्ष सैन्य घुसपैठ गरेको र केही भाग कब्जा गरेको भन्दै  त्यसलाई मुक्त हुनुपर्ने जनाएका छन् ।

कुर्स्कमा युक्रेनसँग दुई विकल्प रहेको भन्दै पुटिनले या त आत्मसमर्पण गर या मर भनेका छन् ।

यसअघि युक्रेनले अमेरिकासँगको वार्ताका क्रममा ३० दिने युद्धविराम योजनामा ​​सहमति जनाएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राष्ट्रपति पुटिनको योजनालाई षड्यन्त्रकारी भएको आरोप लगाएका छन् । युक्रेनी राष्ट्रपतिले रुसमाथि थप प्रतिबन्ध लगाउन आह्वान समेत गरेका थिए ।

यसैबीच, अमेरिकाले तेल, ग्यास र बैंकिङ क्षेत्रका सम्बन्धमा रुसमाथि थप प्रतिबन्ध लगाएको छ।

बिहीबार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति पुटिनले युद्धविराम घोषणाको आफुहरुले समर्थन गर्ने तर केही प्रश्नहरूबाँकी रहेकाले छलफल गर्न आवश्यक रहेको जनाए ।

पुटिनले भनेका छन् यो युद्धविरामले शान्ति स्थापना र यस संकटको मूल कारणहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले त्यसका लागि आफुहरु अमेरिकी सहयोगीहरूसँग कुरा गर्नुपर्ने भन्दै डोनाल्ड ट्रम्पसँग कुरा गर्ने पनि बताएका छन् ।

पुटिनले ३० दिनको युद्धविराम युक्रेनको लागि राम्रो हुने उल्लेख गरेका छन् । -बीबीसी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार