काठमाडौँ, भदौ ८ :

शुक्रबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर बढेको छ।

नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४९ रुपैयाँ २४ पैसा र बिक्री दर १४९ रुपैयाँ ९७ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ७६ पैसा र बिक्री दर १७६ रुपैयाँ ५५ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।