
सर्लाही, चैत १ :
सर्लाहीको मलंगवा-नवलपुर खण्डअन्तर्गत मलंगवा ४ मा एम्बुलेन्सले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।
गम्हरियाबाट मलंगवातर्फ जाँदै गरेको एम्बुलेन्सले बिहीबार राति पैदल हिँडिरहेका व्यक्तिलाई ठक्कर दिँदा सोही नगरपालिका ३ का ५५ वर्षीय जयप्रकाश जयसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सरोज राईले जानकारी दिए ।
राईका अनुसार घाइते भएका वडा नम्बर ४ का ५२ वर्षीय जितु राय र भारत सीतामढीका २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि जनकपुर पठाइएको छ ।
एम्बुलेन्ससहित चालक फरार रहे पनि एम्बुलेन्सको नम्बर थाहा भइसकेकाले सोहीअनुसार खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि…
कोहलपुरमा जिपको ठक्करबाट पैदलयात्रुको मृत्यु
धनुषामा बस पल्टियो, २० भन्दा बढी यात्रु घाइते