तराईका जिल्लाहरुमा फागु अर्थात् होली पर्व मनाइएको छ ।
तराईमा होलीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ । रङहरुको पर्व होलीलाई मित्रता, आत्मीयता, सामीप्य र सद्भाव दर्शाउने पर्वका रुपमा पनि लिने गरिएकाले साथीसंगी, आफन्त जम्मा भएर होली खेल्ने गरिन्छ ।
पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराईमा होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसीयाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक-अर्कामा रङ दलेर मनाउने गरिन्छ ।
होलीमा प्रयोग गरिने रङको आ-आफ्नै महत्त्व छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान् गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।
हेरौं थप तस्बिर :
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।