काठमाडौँ, चैत २ :

 

मेष : नयाँ कामको सुरुवात हुनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला ।

वृष : नोकरीबाट मानसम्मान मिल्नेछ । प्राविधिक काममा सफलता मिल्नेछ। 

मिथुन : स्वास्थ्यमा सुधार आउनेछ । सानातिना समस्यामा अल्झनु उचित हुनेछ ।

कर्कट : कृषि क्षेत्रमा मन रमाउनेछ । परोपकारको क्षेत्रमा काम गर्दा मन शान्त रहनेछ । 

सिंह : व्यापार व्यवसायबाट राम्रै लाभ प्राप्त हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ ।

कन्या : शुभ समाचारले मनमा खुसियाली छाउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । 

तुला : वैदेशिक कार्य अघि बढ्नेछ । सङ्घर्षले लामो समयपछि अधिकार प्राप्ति हुने छ ।

वृश्चिक : रोजगारीका लागि प्रस्ताव आउनेछ । साथीभाइसँग रमाइलो यात्रा हुनेछ ।

धनु : अरूको हितका लागि समय दिनुपर्नेछ । साथीभाइबाट सहयोग प्राप्त हुनेछ। 

मकर : बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बोलीले अरूलाई प्रभावित पारेर काम बन्नेछ । 

कुम्भ : प्रेमीले नयाँ ठाउँको भ्रमणका लागि प्रस्ताव गर्नेछन् । घरका लागि नयाँ सामान जोड्ने दिन छ ।

मीन : कामको अवसर आउनाले मन प्रसन्न रहनेछ । जोस, जाँगर र हिम्मत बढ्नेछ ।