बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो #यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो
विदेश

हमास इजरायली- अमेरिकी बन्धकसहित चार दोहोरो नागरिकताका अवशेषहरू मुक्त गर्न तयार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १ चैत, २०८१ मा प्रकाशित
हमास इजरायली- अमेरिकी बन्धकसहित चार दोहोरो नागरिकताका अवशेषहरू मुक्त गर्न तयार
गाजा सिटी, चैत १ :

हमासले शुक्रबार एक इजरायली- अमेरिकी बन्धक र अन्य चार दोहोरो नागरिकताका अवशेषहरू मुक्त गर्न तयार रहेको बताएको छ । 

प्यालेस्टिनी विद्रोहीहरू र इजरायल गाजा युद्धविरामका लागि अप्रत्यक्ष वार्ताका लागि भेला भएपछि हमासले उक्त कुरा बताएको हो ।

हमास र इजरायलबीच गाजा पट्टीमा युद्धविरामको पहिलो चरण मार्च १ मा अर्को चरणमा सहमति नभई समाप्त भएको थियो । हमासका एक वरिष्ठ अधिकारीले मङ्गलबार कतारको राजधानी दोहामा वार्ताको नयाँ चरण सुरु भएको बताएका थिए । इजरायलले पनि वार्ताकारहरूको टोली पठाएको थियो ।

“हिजो हमास नेतृत्वको प्रतिनिधिमण्डलले भ्रातृ मध्यस्थकर्ताहरूबाट वार्ता पुनः सुरु गर्ने प्रस्ताव प्राप्त गर्‍यो”, हमासले विज्ञप्तिमा भनेको छ, “यसको जवाफमा दोहोरो नागरिकता भएका अन्य चार जनाको अवशेषसहित अमेरिकी नागरिकता भएका इजरायली सैनिक एडन अलेक्जेन्डरलाई रिहा गर्ने सम्झौता समावेश छ ।”

युद्धविरामको प्रारम्भिक छ हप्ता चरणमा इजरायली जेलमा थुनिएका लगभग एक हजार आठ सय प्यालेस्टिनी थुनुवाहरूको बदलामा विद्रोहीहरूले ३३ बन्धक मुक्त गरेका थिए । तीमध्ये आठ जना मृत थिए । रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार