काठमाडाैं, चैत २ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका कोषाध्यक्ष तथा पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठकी आमा लीलादेवी श्रेष्ठको ८९ वर्षको उमेरमा निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सभापति देउवाले एक शोक सन्देश जारी गर्दै दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनप्रति उनले गहिरो समवेदना प्रकट गरेका छन्।

नेपाली कांग्रेसका अनुसार लीलादेवी श्रेष्ठको शुक्रबार ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनको आज अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।