काठमाडौँ, भदौ ८ :

युरोपा कन्फरेन्स लिग प्लेअफको पहिलो लेगमा चेल्सीले स्विट्जरल्यान्डको सेर्भेटलाई २- ० ले पराजित गरेको छ।

स्टामफोर्ड ब्रिजमा गएराति भएको खेलमा क्रिस्टोफर नकुन्कुले ५० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोली चेल्सीलाई अग्रता दिलाएका थिए।

त्यसको ७६ औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा नोनी माडुकेले गोल गर्दै चेल्सीको जित पक्का गराएका हुन् । 

योसँगै अर्को साता हुने दोस्रो लिग अघि चेल्सी समूह चरणनजिक पुगेको छ।

फोटोः एपी