सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
समाचार प्रदेश लुम्बिनी प्रदेश

बाँकेको बाल सुधारगृहमा झडप र आगजनी, ६ बालबन्दी घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २ चैत, २०८१ मा प्रकाशित
बाँकेको बाल सुधारगृहमा झडप र आगजनी, ६ बालबन्दी घाइते
बाँके, चैत २ :

बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधारगृहमा झडप भएको छ । झडप हुँदा ६ जना बालबन्दी घाइते भएका छन् ।

५० जनाभन्दा बढी बालबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुधारगृहमा रहेका दुई समूहबीच झडप हुँदा त्यहाँ तनाव उत्पन्न भएको प्रहरीले जनाएको छ ।

झडपका क्रममा बाल सुधारगृहको दोस्रो तलामा आगजनी गरिएको थियो । आगजनीबाट भवनका सामान जलेर नष्ट भएको छ । 

बालबन्दीहरूले ढुंगा प्रहारबाट केही प्रहरी पनि घाइते भएका छन् । ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली सुधारगृहमा प्रवेश गरेर उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ गरिएका ५० जनाभन्दा बढी बालबन्दीलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखिएको छ । केही बालबन्दी भाग्न सफल भएका छन् । भागेकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । झडपको विस्तृत कारण खुल्न सकेको छैन ।

 त्यस सुधारगृहमा अहिले २५० बालबन्दी छन् । यहाँ पटक-पटक झडपको घटना हुने गरेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार