शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति

व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था रुपान्तरण हुन सकेन : अध्यक्ष दाहाल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २ चैत, २०८१ मा प्रकाशित
व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था रुपान्तरण हुन सकेन : अध्यक्ष दाहाल
फाइल फोटो ।
काठमाडाैं, चैत २ :

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र राजनीतिक दलहरु जनताको अवस्था परिवर्तन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंमा आज भएको कार्यक्रममा उनले भने, ‘व्यवस्था परिवर्तन भए पनि महसुस हुनेगरी जनताको जीवनस्तरमा रुपान्तरण हुन सकेको छैन ।’  जनताले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धि खोजेका उनको अभिमत थियो ।

शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खानेपानीलगायत संविधानप्रदत्त अधिकार उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायकाले उपभोग गर्न नपाउँदा निरासा बढिरहेको धारणा उनले व्यक्त गरे ।

शिक्षा मुलुकको विकासको मेरुदण्ड भएकाले हरेक बालबालिकाले निर्भय भएर पढ्न पाउनुपर्ने बताउँदै उनले समुन्नत समाज निर्माणमा शैक्षिक क्षेत्रले निर्वाह गर्ने भूमिका राष्ट्रका निम्ति महत्त्वपूर्ण हुने बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार