
काठमाडौँ, भदौ ८ :
सङ्घीय संसद् अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ ।
बिहान ११ बजेका सिंहदरबारमा बस्ने बैठकमा चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापनबारे छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठकमा विभिन्न उपभोक्ता हितका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिहरूलाई छलफलमा बोलाइएको संसद् सचिवालयले जनाएको छ ।