राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार संघीय संसद्को दुवै सदनबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपतिले प्रमाणीकरण गरेका विधेयकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार ( इ–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक रहेका छन् ।
संविधानको धारा ११३ को उपधारा (२) बमोजिम यी विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।