बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

‘फोटो जलाउँदैमा कसैलाई गिरफ्तार गर्नु उचित होइन’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३ चैत, २०८१ मा प्रकाशित
‘फोटो जलाउँदैमा कसैलाई गिरफ्तार गर्नु उचित होइन’
फाइल तस्बिर।
काठमाडौं, चैत ३ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोटो जलाउँदैमा कसैलाई गिरफ्तार गर्नु उचित नहुने बताएका छन् । 

दाहालले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै फोटो जलाउँदैमा पक्राउ गरिहाल्न नहुने बताएका हुन् ।

दाहालले भनेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’ 

दाहालको तस्बिर जलाएको आरोपमा प्रहरीले आइतबार भरतपुरबाट राप्रपाको युवा संगठनका नेता नीराजन बमलाई पक्राउ गरेपछि दाहालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन् ।

बमले शनिबार हेटौंडाको एक कार्यक्रममा माओवादी अध्यक्ष दाहालको तस्बिर जलाएका थिए ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार