आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार शिक्षा

जापानी दम्पतीद्वारा विद्यालयलाई बस खरिद गर्न आर्थिक सहयोग प्रदान

· शुक्रबार, ८ भदौ, २०८१ मा प्रकाशित
जापानी दम्पतीद्वारा विद्यालयलाई बस खरिद गर्न आर्थिक सहयोग प्रदान
काठमाडौँ, भदौ ८ :

पर्वतको मोदी गाउँपालिका- ५ बाजुङस्थित सरस्वती माध्यमिक विद्यालयलाई बस खरिद गर्न जापानी नागरिकले पाँच लाख ३५ हजार प्रदान गरेका छन् । 

जापानी नागरिक मात्सुसिता हिरोयुकी र उहाँकी पत्नी रियो मितोको आर्थिक सहयोगमा २० वर्ष अगाडि उक्त विद्यालयका दुईवटा भवन निर्माण भएका थिए । यसपटक उनीहरूले बस खरिद गर्न उक्त रकम विद्यालयका प्रधानाध्यापक अजय लामिछानेलाई बिहीबार हस्तान्तरण गरेका हुन्। 

यसअघि जापानको नागासाकी निची लायन्स क्लबले बस खरिद गर्न १० लाख रुपैयाँ प्रदान गरेको थियो । उक्त रकबाट बस खरिद गर्न अपुग भएपछि विद्यालयले स्थानीय मोदी गाउँपालिकासँग १५ लाख सहयोग मागेको थियो । 

उक्त पालिकाबाट ऋण प्राप्त नभएका बेला जापानी दम्पतीबाट सहयोग भएको प्रधानाध्यापक लामिछानेले बताउनुभयो । 

उनीहरूले गरिब तथा जेहनदार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सीप र कला समेत सिकाउने गरेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार