बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#२०औँ एसियाली खेलकुद#ज्ञानेन्द्रसिंह महता#महाकाली नदी#झोलुङ्गे पुल#अम्बिका देवी संग्रौला#नेपाल धितोपत्र बोर्ड#नेपाल स्टक एक्सचेञ्ज#कागेश्वरी र एसओएसबीच सम्झौता#जुडो खेल#चारै जना पराजित#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन #२०औँ एसियाली खेलकुद#ज्ञानेन्द्रसिंह महता#महाकाली नदी#झोलुङ्गे पुल#अम्बिका देवी संग्रौला#नेपाल धितोपत्र बोर्ड#नेपाल स्टक एक्सचेञ्ज#कागेश्वरी र एसओएसबीच सम्झौता#जुडो खेल#चारै जना पराजित#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन
समाचार लुम्बिनी प्रदेश

जयेन्दु बाल सुधारगृह पुग्यो मानवअधिकारको टोली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३ चैत, २०८१ मा प्रकाशित
जयेन्दु बाल सुधारगृह पुग्यो मानवअधिकारको टोली
बाँके, चैत ३ :

राष्ट्रिय मानवअधिकार आयोगको टोली बाँकेको जयेन्दु बाल सुधारगृहमा भएको झडपबारे छानबिन गर्न  पुगेको छ।

टोलीले झडपका क्रममा घाइते भएका बालकलाई भेट्नुका साथै सुधार गृहमा गरिएको आगजनीको पनि निरीक्षण र अनुगमन गरेको छ ।  नियन्त्रणका लागि खटिएका प्रहरीमाथि भएको इँटा प्रहारको घटनाको पनि जानकारी लिएको छ ।

त्यस बाल सुधारगृहमा रहेका बालबन्दीहरूबीच शुक्रबार रातिदेखि शनिबार साँझसम्म झडप हुनुका साथै भवनमा आगजनीसमेत भएको थियो ।

टोलीले झडपमा संलग्न भनी पक्राउ परेका व्यक्तिहरूलाई राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको समेत अनुगमन गरेको आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार