काठमाडौँ, चैत ४ :

 

मेष : धार्मिक सभासमारोहमा सरिक भइनेछ ।  प्रेम सम्बन्धबारे आफन्तले थाहा पाउनेछन् ।

वृष : महत्त्वपूर्ण कामको जिम्मेवारी प्राप्त हुनेछ । पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । 

मिथुन : शरीरमा स्फूर्ति र उमङ्ग रहनेछ । सहयोग गर्ने आफन्तहरू धेरै भेटिनेछन् ।

कर्कट : रमणीय र सुखद यात्रा हुने छ । सांस्कृतिक कार्यमा रुचि बढ्नेछ । 

सिंह : रोकिएका कामले आज पूर्णता पाउनेछन् । मानसिक शान्ति मिल्नेछ ।

कन्या : पुराना साथीभाइसित भेटघाट र रमाइलो गर्ने दिन छ । मिष्ठान्न भोजनको अवसर जुट्नेछ ।

तुला : नयाँ घरका लागि सामान किनमेल गर्ने दिन रहेको छ । आज घ्यू रङको प्रयोग गर्नु शुभ रहेको छ ।

वृश्चिक : रमाइलो यात्रासँगै दीर्घकालिक फाइदा पुग्नेछ । शुभ समाचार सुन्न पाइनेछ ।

धनु : श्रमको उचित मूल्याङ्कन हुनेछ । मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ ।

मकर :  सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ ।

कुम्भ :  शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा उचित हुनेछ ।  बोलीवचनमा संयमता अपनाउनुपर्नेछ।

मीन :  आफ्नै बुद्धिको उपयोगले जटिल कामहरू सम्पन्न हुनेछन् । पुरानो प्रेमीको सम्झना आउनेछ ।