
फाइल तस्बिर।
काठमाडौं, चैत ४ :
आन्दोलनरत ‘नो केबलकार समूह’र सरकारी प्रतिनिधिबीच अहिले वार्ता भइरहेको छ। जारी वार्तामा आन्दोलनरत समूहले आफूहरुको माग अघि सारेका छन् ।
'नो केबलकार समूह'ले वार्ताको पहिलो प्रस्तावको रुपमा केबलकार निर्माण अनुमति रद्द गर्नुपर्ने माग अघि सारेको छ। त्यसपछि मन्त्रिस्तरीय वार्ता समिति गठन गर्नुपर्नेमा जोडदिएको छ। यी मागलाई छलफल गर्नको लागि मार्ग प्रशस्त गर्ने बुँदाको रुपमा लिएका छन्।
'नो केबलकार समूह'को तर्फबाट सरु सिंघकले नेतृत्व गरेको टोलीमा कुमार लिम्बू, आलोक माबोहाङ सहित १० जना सदस्य सहभागी छन्। सरकारी टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले गरेका छन् । वार्ता रचनात्मक समाधानतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।