बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति भिडियो

पार्टीप्रति जनताको समर्थन दिगो पार्नु छ : सभापति देउवा

‘संघीयतालाई जनताप्रति थप उत्तरदायी बनाउन आवश्यक छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ चैत, २०८१ मा प्रकाशित
पार्टीप्रति जनताको समर्थन दिगो पार्नु छ : सभापति देउवा
काठमाडौं, चैत ४ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  संघीयतालाई जनताप्रति थप उत्तरदायी बनाउन आवश्यक रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित ‘संघीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’विषयक अन्तर्क्रियामा सभापति देउवाले मुलुक संघीयतामा गइसकेपछि स्थानीय तह, प्रदेश र संघले आ-आफ्नै अधिकार प्राप्त गरे पनि संघीयता सुदृढीकरण आवश्यक रहेको बताए ।

कतिपय मानिसहरुले अझै पनि संघीयतालाई स्वीकार गर्न नसकेको भन्दै देउवाले संघीयताको सफल कार्यान्वयनको लागि सबै राजनीतिक दलका नेतृत्वबीच छलफल हुनु आवश्यक रहेको बताए ।

उनले  नेपाली जनताप्रति उत्तरदायी किसिमले जनताको सुखदुःखमा साथ दिने किसिमको संघीयता बनाउन आवश्यक रहेको बताए । मुलुकमा संघीयता आएपछि मात्र सबैले राज्यका संरचनामा सहभागिताको अवसर पाएको सभापति देउवाले उल्लेख गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार