
मेष : परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । नयाँ जिम्मेवारी पाइएला ।
वृष : स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ । समस्यामा साथ दिनेहरू भेटिनेछन् ।
मिथुन : विवेकको प्रयोगले आजको दिन सकारात्मक बनाउन सकिनेछ । प्रेमी सम्बन्ध सफल रहनेछ ।
कर्कट : आफ्नो योजनालाई गोपनीय ढङ्गले प्रयास गर्नु उचित हुनेछ । गरिरहेको कार्यमा सफलता मिल्नेछ ।
सिंह : नयाँ कार्यको योजना बन्नेछ । शुभ कार्यको चर्चाले मनमा शान्ति मिल्नेछ ।
कन्या : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन् । ज्ञानका लागि समय खर्चिनुपर्नेछ ।
तुला : कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । प्रेम र मित्रताको बन्धन कसिने छ ।
वृश्चिक : वैदेशिक रोजगारीका लागि अवसर प्राप्त हुनेछ । धन सञ्चयको अवसर प्राप्त होला ।
धनु : आत्मबल बढ्ने र प्रेम सम्बन्ध थप बलियो बन्नेछ । परोपकारजन्य कार्यमा लगाव बढ्नेछ ।
मकर : टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ ।
कुम्भ : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । छोटो दुरीको यात्रा निक्कै रमाइलो हुनेछ ।
मीन : सामाजिक क्षेत्रमा धन खर्च गर्दा उचित हुनेछ । आफन्तको सुझावमा थालेको काममा सफलता मिल्नेछ ।