सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
विदेश

इजरायलले गाजामा गरेको हवाई आक्रमणबाट राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख नै त्रसित

· मंगलबार, ५ चैत, २०८१ मा प्रकाशित
इजरायलले गाजामा गरेको हवाई आक्रमणबाट राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख नै त्रसित
काठमाडौं, चैत ५ :

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले जनवरीमा नाजुक युद्धविराम लागु भएपछि गाजामा भएको सबैभन्दा तीव्र इजरायली हवाई आक्रमणमा मङ्गलबार आतङ्कित भएको बताएका छन् । आक्रमणमा सयौँको मृत्यु भएको छ ।

‘गत रात गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीबाट म आतङ्कित छु,’ भोल्कर टर्कले एक विज्ञप्तिमा भने, ‘यसले त्रासदीमा त्रासदी थप्नेछ ।’

इजरायलले मङ्गलबार जनवरी १९ मा युद्धविराम लागू भएपछि यसको सबैभन्दा तीव्र आक्रमण गर्दै सबै बन्धकहरूको फिर्ती नभएसम्म गाजामा लडाइँ जारी राख्ने प्रतिज्ञा गरेको छ । हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा ४१५ भन्दा बढी मानिस मारिएको जनाएको छ ।

अहिलेसम्म आक्रमणको जवाफ नदिएको हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम वार्तामा गतिरोधपछि ‘युद्ध पुनः सुरु गर्ने’ निर्णय गरेको आरोप लगाएको छ र गाजामा अझै जीवित बन्धकहरूका लागि लडाइँमा फर्कनु ‘मृत्युदण्ड’ हुन सक्ने चेतावनी दिएको छ ।

‘यो दुःस्वप्न तुरुन्तै अन्त्य हुनुपर्छ, पछिल्लो १८ महिनाको हिंसाले यो सङ्कटबाट बाहिर निस्कने कुनै सैन्य बाटो छैन भनेर प्रशस्त रूपमा स्पष्ट पारेको छ,’ टर्कले भने, ‘अन्तर्राष्ट्रिय कानूनअनुसार राजनीतिक समाधान नै अगाडि बढ्ने एक मात्र उपाय हो । इजरायलले अझ बढी सैन्य बलको सहारा लिनुले पहिले नै विनाशकारी अवस्था भोगिरहेका प्यालेस्टिनी जनसङ्ख्यामाथि थप दुःख मात्र थप्नेछ ।’

उनले बन्धकहरूलाई तुरुन्तै र बिना शर्त रिहा आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार