काठमाडौँ, चैत ६ :

 

मेष : अनपेक्षित शुभ समाचारले हौसला बढाउनेछ । यात्रा गर्ने अवसर जुट्ला ।

वृष : मनपर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ । प्रेम र मित्रता दाम्पत्य जीवनमा परिणत हुनेछ । 

मिथुन : आश्वासन बाँड्नेहरूदेखी सावधान रहनु उचित हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । 

कर्कट : ढिलै भएपनि नयाँ योजना कार्यान्वयनमा आउनेछन् । पढाइ लेखाइमा प्रगति हुने दिन रहेको छ ।

सिंह : आजको दिन अविस्मरणीय सम्झनाले बित्नेछ । ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्ने छन् । 

कन्या : सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ । परिवारमा नयाँ सदस्य थपिने सम्भावना छ ।

तुला : रोकिएका काम पुनः सुरु हुनेछन् । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु उचित हुनेछ ।

वृश्चिक : कला र गलाको प्रभाव बढ्नेछ । नयाँ रचनात्मक काममा जुट्ने समय छ । 

धनु : न्यायिक कार्यमा सफलता मिल्नेछ । परिवारसँग रमाइलो भेटघाट गर्दै दिन बित्नेछ । 

मकर : घरमा अकस्मात् अतिथिको आगमन हुनेछ । नोकरीमा मानसम्मान प्राप्त हुनेछ ।

कुम्भ : वैदेशिक रोजगारीबाट राम्रै सफलता मिल्नेछ । साथीको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ ।

मीन : बिहान मन्दिरको दर्शन गर्नु उचित हुनेछ । लामो समयदेखि रोकिएका काम पूरा हुनेछन् ।