
अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षमा बिताएर पृथ्वीमा फर्किंएका छन् ।
भारतीय समय अनुसार बिहान ३ बजेर २८ मिनेटमा चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तट नजिकै समुद्रमा खसेको थियो ।
जब उनीहरू दुवै अन्तरिक्षयानबाट बाहिर निस्किए, उनीहरूको अनुहारमा मुस्कान थियो । जमिनमा पुग्न उनलाई १७ घण्टा लागेको थियो ।
उनको अन्तरिक्षयान द्रुत गतिमा पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्यो, त्यसपछि चार प्यारासुटहरू खुले र उनलाई फ्लोरिडाको तटमा बिस्तारै अवतरण गरिएको थियो।
नासाको कमर्सियल क्रू प्रोग्रामका प्रबन्धक स्टिभ स्टिचले चालक दलका सदस्यहरूको प्रशंसा गरेका छन् ।
सुनिता विलियम्स र बुच विल्मोर जुन ५, २०२४ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए ।
त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने तय भएपनि अन्तरिक्षयानमा गडबडीका कारण अड्किएका थिए । -बीबीसी