मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति भिडियो

२५ करोड बरामद भएको घटनाको निष्पक्ष छानबिन गर्न सांसद सापकोटाको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ चैत, २०८१ मा प्रकाशित
२५ करोड बरामद भएको घटनाको निष्पक्ष छानबिन गर्न सांसद सापकोटाको माग
काठमाडौं, चैत ६ :

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब  २५ करोड रुपैयाँ अवैध रकम बरामद भएको घटनामा गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

बैठकको आकस्मिक समयमा सांसद माधव सापकोटाले सोमबार राति ११ बजे काठमाडौँको टोखा नगरपालिका–२ झोरबाट नेपाल प्रहरीले करिब २५ करोड अवैध रकमसहित एउटा गाडी बरामद गरेको घटना उल्लेख गर्दै घटनाबारे गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न गरे ।  

सोमबार राति ११ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले नगदसहित एक जनालाई पक्राउ गरेको थियो । काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना १ ख १६५२ नम्बरको ट्रकबाट चालकसहित उक्त रकम बरामद गरिएको जनाइएको छ ।

‘डलर र यूरो गरेर करिब  २५ करोड अवैध रकम बरामद भएको समाचार बाहिर आएको छ, यो घटनाले सिङ्गो देशलाई तरङ्गित बनाइरहेको छ,’सांसद सोपकोटाले भने , ‘यो घटनाले सङ्गठित अपराध र तस्करीको जालो कुन स्तरसम्म झाङ्गिरहेको छ भन्ने प्रष्ट हुन्छ ।’

उनले दिनप्रतिदिन तस्करहरूको जालोमा मुलुक फसिरहेको भन्दै उक्त जालो भत्काउन अपराधसम्बन्धी घटनामा निष्पक्ष भएर छानबिन गर्न माग गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार