सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ चैत, २०८१ मा प्रकाशित
सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत
काठमाडौं, चैत ६ :

प्रतिनिधिसभाको बुधबारको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
 
सभामुख देवराज घिमिरेले उक्त विधेयक दफाबार छलफलका लागि सम्बन्धित समिति पठाउन सर्वसम्मति स्वीकृत भएको घोषणा गरे । बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार