काठमाडौँ, चैत ७ :

 

मेष : आज मन प्रसन्न रहनेछ । सामाजिक भन्दा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृष : निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । साना कुरामा विवाद नगरी अघि बढ्नु राम्रो हुने छ ।

मिथुन : नयाँनयाँ परिकार खाएर रमाइलो गर्ने अवसर मिल्नेछ । उचित ठाउँमा लगानी हुँदा मन सन्तुष्ट हुनेछ । 

कर्कट : शुभग्रहको बहुमत छ । लामो यात्रामा जाने योजना बन्ने छ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । 

सिंह : लगानीका क्षेत्रमा फाइदा हुने दिन छ । काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु उचित हुनेछ ।

कन्या : साथीसँग सहकार्य गर्नु फाइदाजनक हुनेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

तुला : विदेशी रमझमले मन आकर्षित गर्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृश्चिक : राजनीतिक सङ्गठनमा सेवाको अवसर मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ ।

धनु : विपक्षीको आवाजलाई रोक्ने बौद्धिक क्षमता वृद्धि हुनेछ । परिवारको साथ पाइने छ ।

मकर : नजिकैको साथीसँग सल्लाह गरेर अगाडि बढ्दा सहज हुनेछ। स्वास्थ्यले साथ दिनेछ । 

कुम्भ : शिक्षा र स्वास्थ्यको क्षेत्रमा सफलता मिल्नेछ । सहकर्मीको साथ र सहयोग मिल्नेछ । 

मीन :  बिहान उठेर धार्मिक कार्यमा सहभागी हुँदा मन प्रसन्न हुने छ । आटेका कार्यहरू पुरा हुनेछन् ।