आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति भिडियो

संसद्‍मा चालिसेको माग- गुहेश्वरी-तिलगङ्गा बाटो खोल्नुपर्‍यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ चैत, २०८१ मा प्रकाशित
संसद्‍मा चालिसेको माग- गुहेश्वरी-तिलगङ्गा बाटो खोल्नुपर्‍यो
काठमाडौं, चैत ७ :

नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले गुहेश्वरी-तिलगङ्गा ट्र्याक खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको शून्य समयमा बोल्दै सांसद चालिसेले सुन्दरीजलबाट बागमती करिडोर खोलेर गुहेश्वरीसम्म आए पनि नेपाल ट्रस्टको एक सय मिटर पर्खाल भत्काउन नसक्दा यातायात आवतजावतमा समस्या भएको बताए ।

काठमाडौंका धेरै सडकमा अत्याधिक ट्राफिक जामका कारण नागरिकले सास्ती पाइरहेको भन्दै उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्। गुहेश्वरीदेखि तिलगङ्गासम्मको ट्र्याक खोलेमा गौशाला क्षेत्रको ट्राफिक जाम हल हुने उनको भनाइ थियो ।

उनले भने, ‘सुन्दरीजलबाट बाग्मती करिडोर खोलेर गुहेश्वरीसम्म आएको तथा नेपाल ट्रस्टको एक सय मिटर पर्खाल भत्काउन नसक्दा गुहेश्वरीदेखि तिलगङ्गासम्मको ट्र्याक बन्द भएको छ । चाँडै समस्या समाधान गर्न आग्रह गर्छु।’ 

त्यहाँको सडक एकपटक खोलिएको थियो । तर, विश्व सम्पदा सूचीमा रहेको क्षेत्रलाई मासेर सडक बनाउन नहुने भन्दै चौतर्फी विरोध भएपछि पुनः बन्द गरिएको हो ।

७ वर्षअघि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले यो सडकमा सवारी आवागमन नरोकिएमा विश्वसम्पदा सूचीबाट हटाउने चेतावनी दिएको थियो ।

सर्वोच्च अदालतले पनि युनेस्कोको मापदण्ड विपरीत बनेका संरचना हटाउन आदेश दिएको भन्दै पशुपति क्षेत्र विकास कोषले तिलगंगा ताम्रगंगा सडक सधैंका लागि बन्द गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार