शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस #कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस
राजनीति खेलकुद

मानसिक विकासका लागि खेलकुद आवश्यक : सभापति देउवा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ चैत, २०८१ मा प्रकाशित
मानसिक विकासका लागि खेलकुद आवश्यक : सभापति देउवा
ललितपुर, चैत ७ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हरेक व्यक्तिको मानसिक विकासका लागि खेलकुद आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘खेलकुद नीति तथा कार्यक्रम’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पार्टीले तय गर्ने नीतिले खेलाडीको मनोबल बढाउने र खेलकुदको विकास हुने बताए ।

पार्टीका उपसभापति धनराज गुरुङले खेलकुदलाई राज्यले उपेक्षा गरेको बताउँदै यसलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा जोड दिए ।

‘खेलकुद पूर्वाधार निर्माण गर्नेभन्दा पनि कुनै एउटा प्रतियोगिता जित्नेबित्तिकै पुरस्कार घोषणा गर्नेमा सरकारलाई हतार हुन्छ, खेलकुद विश्वविद्यालयको अवधारणाका विषयमा नेताहरु साक्षात्कार हुन सकेका छैनन्,’उपसभापति गुरुङले भने, ‘खेलकुद विश्वविद्यालय, खेलकुद उद्योग र खेलकुद पर्यटनलाई ध्यान दिनुपर्छ, नेपालमा प्रशस्त सम्भावना छ।’

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयमा खेलकुदसम्बन्धी नीतिगत व्यवस्था अगाडि बढेको उल्लेख गर्दै बजेट बन्नेक्रममा रहेको बताए । उनले नीति तथा कार्यक्रममा खेलकुदका कार्यक्रमलाई सम्बोधन गरिए पनि लगानीको समस्या रहेको बताए ।

पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीले खेलकुदलाई महत्त्वपूर्ण स्थानमा राखेको बताउँदै खेलकुदलाई पनि अरु विषयलाई जस्तै ध्यान दिएर अगाडि बढाउने धारणा राखिन् ।

लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र शेरचनले हाल जिल्लाजिल्लामा खेलकुद सङ्घको अधिवेशन गराइरहेको जानकारी गराउँदै अधिवेशनसँगै खेलकुदका गतिविधि र नीतिगत विषयमासमेत बहस भइरहेको जानकारी गराए ।

संविधानसभा सदस्य मोहन राईले कांग्रेसको नीतिमा खेलकुदलाई समेटेर खेलकुद परिषद्, ओलम्पिक कमिटी र मन्त्रालयबीचको समन्वयलाई जोड दिनुपर्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार