प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा १० जना सांसदहरूका प्रश्नको जवाफ दिए । पूर्व निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले संसद्को रोष्टममा उभिएर सांसदका जवाफ दिएका हुन्। उनले सुरुमा एमालेकै सांसद भगवती चौधरीको प्रश्नको उत्तर दिए ।
ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताए । त्यसपछि सांसद वासुदेव घिमिरे, बिन्दबासिनी कंसाकार,भानुभक्त जोशी, बिनाकुमारी थनेत,भीमप्रसाद आचार्य,बुद्धिमान तामाङ,बिनिता कठायत,विमला सुवेदी र मनिष झाले सोधेको प्रश्नको पालैपालो जवाफ दिएका थिए ।
यसअघिको प्रश्नोत्तर कार्यक्रममा आफ्नो प्रश्नको प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै सांसद प्रभु साहले भने कार्यक्रम बहिष्कार गरेका थिए । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम एक घण्टा १८ मिनेटसम्म चलेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक