काठमाडौँ, चैत ८ :

 

मेष : दिन रमाइलोसँग बित्नेछ । मन शान्त बन्नेछ । रचनात्मक काममा मन जानेछ । 

वृष : आफ्नो काममा निरन्तर मिहिनेत गर्नुपर्नेछ । आफन्त र साथीले सहयोग गर्नेछन् ।

मिथुन : विपक्षी शान्त रहेकाले सोचेको काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । 

कर्कट : व्यापारमा फाइदा हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । 

सिंह : लगानीका क्षेत्रबाट फाइदा हुनेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ ।

कन्या : स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने छ । फुर्सदमा परिवारसहित घुमघाममा निस्कन पाइने छ ।

तुला : बोलीको प्रभाव बढ्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । 

वृश्चिक : सहकर्मीले भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ ।

धनु : शिक्षाको क्षेत्रमा मेहनत गर्नुपर्ने छ । वैदेशिक रोजगारीका लागि भिसा लाग्ने दिन रहेको छ ।

मकर : धार्मिक यात्राका लागि अवसर प्राप्त हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । 

कुम्भ : सानो कुरामा झन्झट नमानी काम गर्दा सफल भइनेछ। सङ्कटमा परिवारको सहयोग प्राप्त हुनेछ । 

मीन :  बिहान पिपलको दर्शन गरेमा मन शान्त रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।