काठमाडौँ, चैत ८ :

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा काठमाडौँ जिल्ला अदालतले दिएको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पुनरावेदनमा जाने भएका छन् ।

लामिछाने आज बिहान ११ बजे उच्च अदालत पाटन जाने तयारी छ ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उनले पुनरावेदन निवेदन दर्ता गर्नेछन् । 

उक्त सहकारीले बचतकर्ताको एक अर्ब १९ करोड ३० बढि रकम हिनामिना गरेको आरोप छ । त्यसमा संलग्न भएको आरोपमा लामिछानेलाई अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।