शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
समाचार

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ८ चैत, २०८१ मा प्रकाशित
भूतपूर्व सैनिक सम्मेलन सम्पन्न
सुर्खेत, चैत ८ :

नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा उत्तरपश्चिम पृतना सुर्खेतमा आज आयोजित दोस्रो चरणको ‘भूतपूर्व सैनिक सम्मेलन- २०८१’ सम्पन्न भएको छ । 

सुर्खेतसँगै नेपालगन्ज, दैलेख, कालीकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला उपकेन्द्रमा एकैसाथ सुरु भएको सम्मेलन ती जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा सम्पन्न भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले भूपू सैनिक सम्मेलन नेपाली सेनाबाट अवकाशप्राप्त सैनिकको विशेष पुनर्मिलन कार्यक्रमका रूपमा रहँदै आएको बताए । उनले सम्मेलनमा अवकाशप्राप्त सकल दर्जा तथा परिवारजनसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रियाले हामीबीचमा रहेको भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउनाका साथै संस्थागत प्रयासमा समेत योगादन पुग्ने विश्वास व्यक्त गरे । 

प्रधानसेनापतिले कल्याणकारी कोषको मितव्ययी र पारदर्शी प्रयोगबाट कोषको दिगोपन तथा सेवा सुविधालाई निरन्तरता दिई थप व्यवस्थित गर्ने योजना भइरहेको बताउँदै स्रोतको सीमितताका बाबजुद हिताधिकारीबाट प्राप्त राय सुझावलाई चरणबद्ध रूपमा सम्बोधन गर्दै लैजाने जानकारी गराए ।

सम्मेलनमा बाँके निवासी ८७ वर्षीय हुद्धा भक्तबहादुर गुरूङ र सुर्खेत निवासी ९६ वर्षीय एकल महिला अमृता सलामी मगरलाई ज्येष्ठ भूतपूर्व सैनिक सम्मान गरिएको थियो । सर्वोत्कृष्ट र उत्कृष्ट उद्यमीरव्यवसायी सुर्खेत निवासी हुद्धा कृष्णबहादुर रमौली र दिवङ्गत सिपाही कुलबहादुर घर्तीकी श्रीमती शोभा बिसीलाई प्रशंसापत्र एवं पुरस्कार वितरण गरिएको थियो । 

सोही क्रममा चार वा सोभन्दा बढी सन्तति नेपाली सेनामा रहेका तीन जना अभिभावकलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त १० जनालाई ह्वीलचेयर, बैसाखी तथा आर्थिक सहयोग वितरण गरिएको थियो । सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत पाँच जना व्यवसायीलाई उद्यमशील कर्जाको चेक हस्तान्तरण गरिएको छ ।

यसअघि बिहीबार सुदूरपश्चिम पृतनाअन्तर्गत पहिलो चरणको भूपू सैनिक सम्मेलन धनगढीमा सम्पन्न भएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार