बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
विदेश

इन्डोनेसियामा ज्वालामुखी विस्फोट : अन्तर्राष्ट्रिय उडान रद्द, सतर्कता स्तर बढाउन आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ८ चैत, २०८१ मा प्रकाशित
इन्डोनेसियामा ज्वालामुखी विस्फोट : अन्तर्राष्ट्रिय उडान रद्द,  सतर्कता स्तर बढाउन आग्रह
जकार्ता, चैत ८ :

दक्षिण- मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म तीन पटक विस्फोट भएको छ ।

विस्फोटले आठ हजार मिटर अग्लो खरानी स्तम्भ पठाउँदै अधिकारीहरूलाई ज्वालामुखी वरपरको खतराको क्षेत्र विस्तार गर्न प्रेरित गरेको थियो । स्थानान्तरणका बारेमा जानकारी तत्काल उपलब्ध थिएन ।

पूर्वी नुसा तेङ्गारा प्रान्तको फ्लोरेसको दुर्गम टापुमा रहेको ज्वालामुखीमा सयौँ भूकम्प आएकार पछिल्लो सात दिनमा दृश्यमान ज्वालामुखी गतिविधि उल्लेखनीय रूपमा बढेको जनाइएको छ ।

विस्फोटका कारण केही एयरलाइन्सले अस्ट्रेलिया र इन्डोनेसियाको पर्यटकीय द्वीप बालीका बीचको उडानहरू रद्द गरेका छन् भने टापुमा अन्य अन्तर्राष्ट्रिय र घरेलु उडानहरू ढिलाइ भएका छन् ।

ज्वालामुखीबाट निस्कने नदीहरूमा लाभा प्रवाहलाई उत्प्रेरित गर्ने भारी वर्षाको बारेमा बासिन्दाहरूलाई सतर्क रहन चेतावनी दिइएको इन्डोनेसियाको भूगर्भीय एजेन्सीले एक विज्ञप्तिमा बताएको छ ।

नोभेम्बरमा माउन्ट लेवोटोबी लाकी लाकीको विस्फोटमा नौ जनाको मृत्यु भएको थियो र दर्जनौँ घाइते भएका थिए ।

एक हजार पाँच सय ८४ मिटर उचाइको पर्वत फ्लोरेस तिमुर जिल्लाको माउन्ट लेवोटोबी पेरेम्पुआनसँग जोडिएको जुम्ल्याहा ज्वालामुखी हो ।

इन्डोनेसिया २७ करोड जनसङ्ख्या भएको द्वीपसमूह हो । जहाँ बारम्बार भूकम्पीय गतिविधिहरू हुने गरेका छन् । -रासस
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार