रुकुमपश्चिम, चैत ८ :

रुकुमपश्चिमको चौरजहारी नगरपालिका- १ मा मिनीट्रकभित्र च्यापिएर एकजना मजदुरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

आज दिउँसो मार्बल र सिमेन्ट बोकेको मिनीट्रकले च्यापिएर ट्रकमा बसेका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- १ का २४ वर्षीय देवचन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनका अनुसार त्रिपुरासुन्दरी- ६ का २१ वर्षीय मन्दिर सार्की घाइते भएका छन् ।

लुम्बनी प्रदेश०३- ००१क ००२७ नम्बरको मिनीट्रकको पछाडि भागमा मार्बलसँगै देवचन्द्र र मन्दिर बसेका थिए । उकालो मोडमा मार्बल बाँधेको डोरी चुडिएपछि बीचमा बसेका दुई मजदुर च्यापिएको प्रहरी निरीक्षक पाठकले बताए । 

उनका अनुसार देवचन्द्रको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेको र मन्दिरको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।