काठमाडौँ, चैत ९ :

देशमा पश्चिमी वायुको साथै स्थानीय  वायुको समेत आंशिक  प्रभाव रहेको छ । 

अहिले बिहान देशका अधिकांश ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र साँझ पनि देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।