खोटाङ, चैत ९ :

खोटाङमा बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु भएको छ। केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको आज बिहान ४:०० बजे चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा २१ महिने शिशु अनुसोया पोखरेल घरको बार्दलीबाट लडेर मृत्यु भएको छ । उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।