मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस सहमहामन्त्री#रामहरि खतिवडा#अजयबाबु शिवाकोटी#भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री #कांग्रेस सहमहामन्त्री#रामहरि खतिवडा#अजयबाबु शिवाकोटी#भैमाल-गोठाटार खानेपानी#वित्तीय सम्झौता#सवारीसाधनको जाँच#तालिम प्राप्त कुकुर#विपद् जोखिम न्यूनीकरण#पाँचौँ राष्ट्रिय सम्मेलन#प्रस्तावित नेपाली राजदूत#सरु जोशी#जीवनबहादुर शाही#सहमहामन्त्रीमा निर्वाचित#पद्माकुमारी अर्याल#खगेन्द्र सुनार#केपी शर्मा ओली#निशा मेहता#स्वास्थ्यमन्त्री
समाचार कोसी प्रदेश

केबलकार विवाद : स्थानीय समुदायको भावनाअनुसार अघि बढ्न पूर्वमन्त्री शर्माको सुझाव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ९ चैत, २०८१ मा प्रकाशित
केबलकार विवाद : स्थानीय समुदायको भावनाअनुसार अघि बढ्न पूर्वमन्त्री शर्माको सुझाव
ताप्लेजुङ, चैत ९ :

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले पाथीभरामा निर्माणाधीन केवलकार परियोजना विवाद समाधान गर्न सरकारलाई सुझाव दिएका छन् ।

प्रेस सेन्टरले फुङ्लिङमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पाथीभरा राष्ट्रको धार्मिक धरोहर भएकाले यसको संरक्षण र व्यवस्थापन सरकार, स्थानीय समुदाय तथा सरोकार भएका सबैको संयुक्त जिम्मेवारी भएको बताए ।

हाल पाथीभरा केबलकार निर्माणलाई लिएर स्थानीय समुदायका केही समूहले विरोध जनाएका छन् । पूर्वमन्त्री शर्माले विवाद समाधानका लागि संवाद, सहकार्य र समन्वय आवश्यक रहेको भन्दै सरकारलाई स्थानीय समुदायको भावनाअनुसार अघि बढ्न सुझाव दिए ।

स्थानीय सहमति प्रमुख आवश्यकता भएको उल्लेख गर्दै नेता शर्माले सबै पक्षको चासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार