काठमाडौँ, चैत १० :

 

मेष : व्यावसायिक कार्यमा सुधार आउनेछ । आज रातो रङको प्रयोग शुभ रहेको छ ।

वृष : स्वादिष्ट भोजनको अवसर मिल्नेछ । विद्वान्‌हरूको साथमा घुलमिल हुने दिन रहेको छ ।

मिथुन : नयाँ कामको सुरुवात गर्दा सचेत रहनुपर्ने छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।  

कर्कट : आदर्श व्यक्‍तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। शुभ समाचारले मनमा उत्साह हुनेछ । 

सिंह : व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला । विश्वास गरेकाले साथ दिनेछन् ।

कन्या : नातागोताभित्रका सदस्यसँग भेटघाट हुने अवसर मिल्नेछ । धार्मिक यात्राले आनन्द प्राप्त हुनेछ ।

तुला : बिहानै मन्दिर दर्शन गर्नाले मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग छ। प्रेम जीवन सफल हुनेछ ।

वृश्चिक : आफन्तको सहयोगमा नयाँ कार्यको थालनी हुनेछ । बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ ।

धनु : मनोरञ्जनका कार्यक्रममा सहभागी भइएला । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । 

मकर : आकस्मिक यात्राबाट लाभ मिल्ने योग रहेको छ । प्रेम र मित्रताको बन्धन कसिलो बन्ने छ । 

कुम्भ : गरेका कामबाट मान सम्मान मिल्ने छ । नयाँ सवारी साधन किन्ने दिन छ । साँझमा लाभ मिल्ने छ ।

मीन : रोकिएको काम दोहोर्‍याएर गर्दा सफलता मिल्नेछ । आस मारिसकेको धन प्राप्त हुनेछ ।