शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

नेविसंघको छाप र अध्यक्षको हस्ताक्षर दुरुपयोग: कानुनी कारवाही गर्ने चेतावनी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० चैत, २०८१ मा प्रकाशित
नेविसंघको छाप र अध्यक्षको हस्ताक्षर दुरुपयोग: कानुनी कारवाही गर्ने चेतावनी
काठमाडौं, चैत १० :

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो केन्द्रीय कार्यालयको लेटर प्याड, छाप र केन्द्रीय अध्यक्षको हस्ताक्षर दुरुपयोग भएको भन्दै गम्भीर आपत्ति जनाउँदै कानुनी कारवाही गर्ने चेतावनी दिएको छ।

आइतबार जारी गरेको विज्ञप्तिमा, नेविसंघले केन्द्रीय सदस्य र क्याम्पस इकाई अध्यक्षहरूको मनोनयनमा उक्त दुरुपयोग गरिएको जानकारी दिएको हो। यसरी मनोनयन गरिएको जिम्मेवारीबारे चाँडै आधिकारिक सूचना जारी गरिने पनि संघले स्पष्ट पारेको छ।

नेविसंघका मुख्य सचिव विजय खड्काले विज्ञप्तिमा भनेका छन्, ‘संघलाई बदनाम गर्ने उद्देश्यले यो दुरुपयोग गरिएको हो। यसमा संलग्नलाई कानुनी दायरामा ल्याइनेछ।’

संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका दौरान रिक्त स्थानमा भएका मनोनयनहरूको आधिकारिक सूचना केवल संघको वेबसाइट र फेसबुक पेजमार्फत मात्र सार्वजनिक गरिने बताएको छ। यसले सबैलाई भ्रामक सूचनाबाट जोगिन आग्रह गरेको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार