बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

पूर्वराजालाई देउवाको सुझाव - बरु राप्रपाको पार्टी सभापति बने हुन्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० चैत, २०८१ मा प्रकाशित
पूर्वराजालाई देउवाको सुझाव - बरु राप्रपाको पार्टी सभापति बने हुन्छ
काठमाडौं, चैत १० :

नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन पनि लायक नभएको बताएका छन् । 

नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आइतबार आयोजित कार्यक्रममा सभापति देउवाले उनी संवैधानिक राजा हुन पनि नसक्ने बताए ।

उनले पूर्वराजा शाहलाई राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउन समेत चुनौती दिए । 

सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको पार्टी सभापति बनाउन पनि सुझाव दिए । उनलाई सभापति बनायो भने राप्रपा पनि पछुताउने बताए ।

‘ज्ञानेन्द्र संवैधानिक राजा हुन लायक पनि छैनन् । संवैधानिक राजा हुन पनि सक्दैनन्,’उनले भने,‘उनलाई बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ ।’  लोकतान्त्रिक गणगन्त्रको विकल्प अन्य कुनै हुनै नसक्ने देउवाको दाबी थियो । पूर्वराजा जनता भड्काउने काममा लागेको समेत उनको आरोप लगाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार