काठमाडौं, चैत १० :
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नेपाली कांग्रेसका नेता तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई नेपाली कांग्रेसको इतिहास माटोमा नमिलाउन सुझाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री सिंहलाई सम्बोधन गर्दै आफूलाई हराउने नाममा देशलाई नै नहराउन भन्दै कटाक्ष गरे ।
‘माननीय सहरी विकासमन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो,’ मेयर शाहले फेसबुकमा लेखेका छन्, ‘कहिले गर्ने हो ? मलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र र देशचाहिँ नहराउनुहोला । यत्रो गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला ।’
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपतिद्वारा शीतल निवासमा नवकन्याको पूजाअर्चना, गोडा धोएर टीका लगाइदिएर उपहार प्रदान
पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना, ओलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिए
कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने