काठमाडौँ, चैत ११ :

प्रमुख तीन दलका शीर्ष नेताको बैठक आज (सोमबार) बस्दै छ । 

सिंहदरबारमा अपराह्न ४ बजे बस्ने तय भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शिर्ष नेताहरूबीच छलफल हुन लागेको हो ।

बैठकमा संक्रमणकालीन न्यायबारे दलहरुबीच छलफल हुने बुझिएको छ ।

माओवादीको तराई- मधेस जागरण अभियानमा व्यस्त रहेका अध्यक्ष पुष्पकमल दाहाल फर्किएसँगै दलहरुबीच संक्रमणकालीन न्यायमाथिको विवाद टुंग्याउने गरी दलहरुबीच छलफल हुन लागेको हो ।

संक्रमणकालीन न्यायका बारेमा अवरुद्ध प्रक्रिया अघि बढाउने प्रयास स्वरुप तीन दलका शीर्ष नेताहरुको बैठक बोलाइएको जनाइएको छ ।

बैठकमा राजावादीहरुको प्रदर्शन र पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता लगायतकाबारेमा पनि  छलफल हुने बुझिएको छ ।