दाङ, चैत ११ :

घोराही उपमहानगरपालिका ९, खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ । उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा ओगटेको उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा छन् ।

दाङको प्लाई उद्योगमा आगलागी : करोडौँको क्षति, ३० घर जोखिममा

आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएका छन् ।

हेरौं आगलागीले नष्ट भएको प्लाई उद्योगका थप तस्बिर :

 

 

 

 

सबै तस्बिर : कुलदीप न्यौपाने/रासस